दफा
ज्येष्ठ नागरिक भत्ता
(१) दलित र एकल महिला ज्येष्ठ नागरिकले साठी वर्ष उमेर पूरा गरेपछि र अन्य ज्येष्ठ नागरिकले “अठसट्टी वर्ष उमेर पूरा गरेपछि सामाजिक सुरक्षा भत्ताको रूपमा नेपाल सरकारले तोके बमोजिमको ज्येष्ठ नागरिक भत्ता पाउनेछन्‌।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि नेपाल सरकारले पिछडिएको क्षेत्रका साथै कुनै निश्चित क्षेत्र तोकी त्यस्तो क्षेत्रमा बसोबास गर्ने उपदफा (१) बमोजिमको उमेर नपुगेका ज्येष्ठ नागरिकलाई समेत त्यस्तो भत्ता उपलब्ध गराउन सक्नेछ।